कोठामा बसेर निर्देशन नदिन मेयर बालेनलाई उपमेयर सुनिताको चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिना अघि पत्र पठाएको थियो । मन्त्रालयको पत्रपछि गुरागाईँ बिहीबार महानगरपालिका पुगेका हुन् ।
गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए । गुरागाईंलाई अवरोध गर्न मेयर साहले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका हुन् ।
कार्यालय प्रवेशपछि गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर साह भने कार्यकक्षमा चाबी लगाएर बेपत्ता भएका थिए ।
गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू सबैले बैठक बसेका थिए । अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । उपप्रमुख डंगोलले जनप्रतिनिधि भएकाले नागरिकको सेवामा तल्लीन हुनुपर्ने बताइन् । उनले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी पनि दिइन् ।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन ।’
उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको पनि बताइन् ।
‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन’, डंगोलको भनाइ छ ।
उनले महानगरवासीको हित चाहने सबै एकजुट हुनुपर्ने पनि बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ’, डंगोलको भनाइ छ ।
प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।
नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले पाण्डेले मेयरको मौखिक आदेशमा लगाएको जवाफ दिएका थिए ।
कार्यकारी अधिकृत कार्यालय प्रवेश गरेर कार्यकक्षमा पस्न खोजे पनि मेयर साहले उनको कार्य कक्षमा ताल लगाएर चाबी आफैँ बोकेर बेपत्ता भएका कारण केहीबेर प्रमुख प्रशासकीय अधिकृत बाहिरै बसेका थिए ।
मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच