सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबिच भएको सहमति कार्यान्वयन गर्न माग
काठमाडौँ । सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
सहमति कार्यान्वयनको मागसहित सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाईमा काठमाडौँमा आन्दोलन भइरहेको हो । आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौँमा आएका छन् । बिहीबार उनीहरूले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।
सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरूसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । उनले सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए ।
समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसकेपनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ । प्रदर्शनकारीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरव्याजी तमसुक रद्द गर्नुपर्ने लगाएका माग समेत अघि सारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण