‘बंगलादेशमा दुई तिहाइको सरकार भए पनि जनता उठेपछि भागेको थियो’
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको सरकारले जनताको समस्या हल नगरेको आरोप लगाएका छन् । बलियो भएर मात्र नहुने, जनताको काम पनि गर्नुपर्ने बताउँदै उनले बंगलादेशमा दुई तिहाइको सरकार भए पनि जनता उठेपछि भागेको र श्रीलंकामा बहुमतको सरकार पनि जनताले लखेटेको दृष्टान्त दिएका हुन् ।
संघीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार बन्ने बित्तिकै राजनीतिक स्थिरता दिने, संविधान संशोधन गर्ने, सुशासन कायम गर्ने केही प्रतिबद्धता गरे पनि त्यसमध्ये केही काम नभएको बताए । यो सरकार सबै क्षेत्रमा असफल भइसकेको उल्लेख गर्दै उनले सरकारको कामले गर्दा जनता आक्रोशित भएको टिप्पणी गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी आर्थिक अवस्था सुधार गर्ने, राष्ट्रिय समस्या समाधान गर्ने, मौलिक हक रक्षाका लागि यो मोर्चा गठन भएको उनले जानकारी दिए । मोर्चा गठन गर्न ऐतिहासिक आवश्यकता रहेको उनको भनाई थियो ।
मोर्चाले यथास्थितिवादीहरूलाई धक्का दिनका लागि अगाडि बढ्ने बताउँदै उनले देशमा एकातिर प्रतिगमनकारीको चलखेल चलिरहेको बेला अर्कोतिर यथास्थितिवादी अर्थात् काँग्रेस र एमालेले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय व्यवस्थामा लैजाने प्रयासमा लागेको आरोप लगाए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले मधेसवादी दलहरू कहिले अलग नभए पनि अलग मात्र देखिएको जिकिर गरे । उनले देशको अवस्था हेरेर देखिने गरि मोर्चा बनेर आएको बताए ।
विगतमा पनि विभिन्न मोर्चाहरू गठन भए पनि विभिन्न कारणले अलग भएकाले अहिले नयाँ मोर्चाबन्दी भएको उनले बताए ।
नागरिक उन्मुक्ति पार्टीका नेता मणिराम भण्डारीले साना पार्टीहरूलाई यी दुई ठुला पार्टी (कांग्रेस–एमाले)हरूले सकाएर दुई दलीय व्यवस्था ल्याउन लागेको कारण मोर्चा बनाएको बताए । देशमा अशान्ति र अराजकता बढ्दै गएकाले त्यसलाई अन्त्य गर्न पनि यो मोर्चा बनेको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण