अपहरणमा परेकी सात वर्षीय बालिकाको उद्धार
रामधुनी । सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीय बालिकालाई प्रहरीले उद्धार गरेको छ । बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
खेलिरहेकी बालिकालाई अपरिचित मानिसले सिटी सफारीमा चढाएर अपहरण गरी लगेको भन्ने सूचना प्रहरीलाई बालिकाको परिवारले दिएको थियो । सूचनाका आधारमा बालिकालाई कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
अपहरण गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण