अमेरिकामा टिकटकको सम्भावित क्रेतामा एमाजन पनि थपियो
वासिङ्टन डीसी । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लाग्न अब केही घण्टा मात्रै बाँकी छ । प्रतिबन्ध लाग्नु अघि टिकटकको माउ कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी व्यवसाय गैर–चिनियाँ मालिकलाई बेच्नु पर्नेछ । सप्ताहान्तभित्र टिकटक विक्री भएन भने अमेरिकामा एप प्रतिबन्धित हुनेछ । यस्तैमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू टिकटकको लागि क्रेता भेट्टाउन निकै नजिक पुगेको बताएका छन् ।
गएको वर्ष कङ्ग्रेसमा पारित भएको द्विदलीय कानुनले बाइटडान्सलाई अनिवार्य रूपमा टिकटक बेच्न भनेको छ । जनवरीमै पनि प्रतिबन्ध लागू हुनु केही दिनअघि अमेरिकामा एप बन्द भएको थियो । तर ट्रम्पले अप्रिल पाँचसम्मको म्याद दिएका थिए । अमेरिकामा राष्ट्रिय सुरक्षाका लागि टिकटक खतरा भएको अमेरिकी सरकारको दाबी छ । यसको डेटामा चिनियाँ सरकारको पहुँच रहेको तर्क अमेरिकाको छ । चीन सरकार र टिकटक दुवैले यो दाबी अस्वीकार गर्दै आइरहेका छन् ।
यसैबिचमा बिहीबार एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले कयौँ लगानीकर्ताहरू एप किन्ने सम्झौता नजिक पुगेको भने । चीनले टिकटकको बिक्रीलाई मञ्जुरी दियो भने अमेरिकाले चीनबाट आउने सामानमा लगाएको अतिरिक्त भन्सार महसुलमा राहत दिने भन्दै ट्रम्पले मोलमोलाई पनि गरिरहेका छन् । अन्तिम पटक टिकटक किन्ने दौडमा अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनको नाम पनि थपिएको भन्दै बीबीसीले समाचार छापेको छ । तर एमाजनले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।
आफू टिकटकलाई ओर्याकलका सह–संस्थापक ल्यारी एलिसन, एलन मस्कलाई पनि बेच्न तयार रहेको ट्रम्पले भनेका थिए । मस्कले आफू टिकटक किन्ने दौडमा नरहेको बताइसकेका छन् । यसका अन्य सम्भावित क्रेतामा अरबपति व्यापारी फ्र्याङ्क म्याककोर्ट, क्यानडेली व्यवसायी केभिन ओ’ लिरी आदिको नाम पनि सुन्नमा आएका छन् ।
चर्चित युट्यूबर मिष्टर विस्टको नाम पनि चर्चामा आएका थिए । अमेरिकाभित्र नयाँ संस्थालाई भाडामा टिकटक चलाउन दिने विकल्प पनि हवाइट हाउसले बाइटडान्सलाई दिनेबारे विचार गरेको खबर पनि सुन्नमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण