जनमतका उपाध्यक्ष साहलाई ६ महिना निलम्बन, पत्रमा के छ ?
काठमाडौँ । जनमत पार्टीले उपाध्यक्ष दिपककुमार साहलाई निलम्बन गरेको छ । जनमत पार्टीले साहलाई ६ महिनाका लागि निलम्बन गरेको पार्टी प्रवक्ता शरदसिंह यादवले बताए ।
पार्टी अनुशासन विपरीत कार्य गरेको आरोप लगाउँदै पार्टीले सोधेको स्पष्टीकरणको समेत चित्तबुझ्दो जवाफ नदिएका कारण निलम्बन गर्नुपरेको सो पार्टीले जनाएको छ ।
‘स्पष्टीकरण सोध्ने बित्तिकै मलाई स्पष्टीकरण सोध्ने भन्दै तपाईँ) सबै ऐन कानूनभन्दा माथि कुनै राजा/महाराज भएजस्तो आचरण देखाउनुभयो । फेसबुकसहितका सामाजिक सञ्जालमा पार्टी र अध्यक्षविरुद्ध लेख्न लगाउनुभयो । सामाजिक सञ्जालमा विरोधीहरूले देखेको कुरालाई आफैँलाई नोट लेख्दै त्यस्तो काम गर्नेलाई धन्यवाद दिँदै शेयर गर्नुभयो’, उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्रप्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डलले लेखेको पत्रमा भनिएको छ ।
पत्रमा आचरण नसुध्रे थप कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
_FqXa41yJYu.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण