सहकारी ठगी प्रकरण
छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर
शुक्रबार, २२ चैत २०८१, १९ : ५६
काठमाडौँ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने रुपन्देही जिल्ला अदालतको आदेश सदर भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार उनलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको हो ।
तर, रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्लाको आदेश भने बदर भएको छ ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यस्तो आदेश गरेसँगै अब रवि पुर्पक्षका लागि जेल चलान हुने भएका छन् ।
जिल्लाको आदेशविरुद्ध रविले जिल्लाको आदेश बदरको माग गर्दै र छविले धरौटीमा रिहाइ गर्न माग गर्दै उच्चमा पुनरावेदन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण