राजस्थानले रोक्ला पञ्जाबको विजयी यात्रा
मुल्लानपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज डबल हेडर अर्थात् एक दिनमा २ खेल खेलाइनेछ। दिनको दोस्रो खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सको सामना गर्नेछ। खेल पञ्जाबको मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ७:४५ बजे खेलिनेछ।
पञ्जाबले यस सिजनमा अहिलेसम्म दुई खेल खेलेको छ र दुवै खेलमा जित हासिल गरेको छ। राजस्थानले अहिलेसम्म तीन खेल खेलेको छ, जसमध्ये एकमा मात्र जित र दुईमा हार बेहोरेको छ।

- हेड टु हेड
हेड टु हेडमा राजस्थानले पञ्जाबमाथि प्रभुत्व जमाउँदै आएको छ। आईपीएलमा अहिलेसम्म पञ्जाब र राजस्थानबिच २८ खेल खेलिएका छन्। पञ्जाबले १२ खेल जितेको छ भने राजस्थानले १६ खेलमा जित हात पारेको छ । दुवै टोली यस मैदानमा दोस्रो पटक भिड्नेछन्। यसअघि २०२४ मा खेलिएको खेल राजस्थानले जितेको थियो।

- अपराजित पञ्जाब
यस सिजनमा अपराजित रहेको पञ्जाबका लागि श्रेयस अय्यरले सर्वाधिक रन बनाएका छन् । उनले दुई खेलमा कुल १४९ रन बनाएका हुन्। पहिलो खेलमा उनले गुजरात टाइटन्स विरुद्ध ४२ बलमा ९७ रनको अविजित इनिङ्स खेले।
उनीपछि ब्याट्सम्यान प्रभसिमरन सिंहले २ खेलमा ७४ रन बनाएका छन्। उनले लखनउ सुपर जायन्ट्स विरुद्धको सिजनको दोस्रो खेलमा ६९ रन बनाए।

बलिङमा अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने बलर हुन्। उनले २ खेलमा ५ विकेट लिएका छन्।

- राजस्थानका लागि हसरंगा फर्ममा
राजस्थान रोयल्सका बलर वानिन्दु हसरंगा टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्। उनले आफ्नो २ खेलमा जम्मा ५ विकेट लिएका छन्। उनले चेन्नई सुपर किंग्स विरुद्धको पछिल्लो खेलमा ३५ रन दिँदै ४ विकेट लिएका थिए।
ब्याटिङमा ध्रुव जुरेलले ३ खेलमा टोलीका लागि सर्वाधिक १०६ रन बनाएका छन्। उनले यस सिजनको आफ्नो पहिलो खेलमा हैदराबदविरुद्ध ३५ बलमा ७० रन बनाए।
उनीपछि नितिश राणाले ३ खेलमा १०० रन बनाएका छन्। नितिशले चेन्नई सुपरकिंग्स विरुद्ध ३६ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

- स्यामसनले कप्तानी गर्ने
आजको खेलमा सञ्जु स्यामसनले राजस्थान रोयल्सको कप्तानी गर्नेछन्। पूर्ण रूपमा फिट भएपछि, बीसीसीआईको राष्ट्रिय उत्कृष्टता केन्द्रले २ अप्रिलमा स्यामसनलाई विकेटकिपिङ सम्हाल्न र टोलीको कप्तानी गर्न अनुमति दिएको थियो ।
नियमित कप्तान स्यामसनले चोटका कारण कप्तानी गरिरहेका थिएनन्, उनको स्थानमा अलराउन्डर रियान परागलाई टोलीको कमान्ड दिइएको थियो।

- पिच रिपोर्ट
मोहालीको नयाँ मैदानमा पाँचौँ आईपीएल खेल मात्र खेलिँदैछ। यहाँको सर्वाधिक स्कोर १९२/७ हो, जुन मुम्बई इन्डियन्सले गत वर्ष पञ्जाब किंग्स विरुद्ध बनाएको थियो। यहाँ पहिले ब्याटिङ गर्ने टोलीले २ खेल जितेको छ भने पछ्याउने टोलीले ३ खेल जितेको छ।

- मौसम रिपोर्ट
शनिबार मुल्लानपुरमा आंशिक बादल लाग्ने छ। खेलको दिन यहाँ धेरै आर्द्रता हुनेछ। तापक्रम २० देखि ३८ डिग्री सेल्सियसको बिचमा रहनेछ। पानी पर्ने सम्भावना नै छैन।
- सम्भावित प्लेइङ-११
पञ्जाब किंग्स: श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह (विकेटकीपर), शशांक सिंह, मार्कस स्टोइनिस, सूर्यांश शेडगे, ग्लेन म्याक्सवेल, मार्को जेनसेन, युजवेन्द्र चहल, लोकी फर्ग्युसन, अर्शदीप सिंह, नेहल वाधेरा।
राजस्थान रोयल्सः सञ्जु स्यामसन (कप्तान), यशस्वी जैसवाल, नितिश राना, रियान पराग, ध्रुव जुरेल (विकेटकिपर), शिमरोन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महेश टेकसाना, तुषार देशपाण्डे, सन्दीप शर्मा, कुमार कार्तिकेय।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026