खलनायकको भूमिका निभाएका कलाकार ऐरको निधन
आइतबार, २४ चैत २०८१, ०७ : ११
कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिएका हुन् ।
कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए । थारू भाषाको चलचित्र ‘मोर बस्ती’बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका थिए ।
ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभिनय गरेका थिए । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख
-
अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौतामा हस्ताक्षर
-
बेलायतमा सरिना घलेले जितिन् स्वर्ण
-
नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
-
ललितपुरमा युवतिमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी
-
कर्णाली नदीमा भेटिए दुई शव, साङ्गेतडा घटनाको हुनसक्ने आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण