बेलायतमा सरिना घलेले जितिन् स्वर्ण
सारांश
- नेपाली उमा कुङफु खेलाडी सरिना घलेले युकेको वोर्चेस्टरमा भएको डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।
- महिला क्रिएटिभ फमको १८ वर्षमाथि मिक्स बेल्ट स्पर्धामा सरिनाले २२.९ अङ्क जोड्दै पहिलो स्थान हासिल गरिन् ।
- अब उनको लक्ष्य अस्ट्रियामा आयोजना हुने डब्लुएमएसी वर्ल्ड च्याम्पियनसिप २०२६ मा सहभागिता जनाउनु हो ।
लण्डन । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।
युकेको वोर्चेस्टरमा भएको प्रतियोगिता अन्तर्गत महिला क्रिएटिभ फमको १८ वर्षमाथि मिक्स बेल्ट स्पर्धामा सरिनाले स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिएका छन् ।
कडा प्रतिस्पर्धात्मक बनेको उक्त स्पर्धामा सरिनाले २२.९ अङ्क जोड्दै पहिलो स्थान हासिल गरेकी हुन् । उनकी निकटत्तम प्रतिद्वन्द्वी इङल्यान्डकी अमेलिया पार्किनले २२.८ स्कोर मात्र गर्न सकिन् ।
करिब २ वर्षअघि अध्ययनको सिलसिलामा युके गएकी सरिनाले त्यहाँ आफ्नो पढाइसँगै खेल जीवनलाई पनि निरन्तरता दिइरहेकी छन् । उनले 'मास्टर्स अफ साइन्स इन डिजिटल मार्केटिङ' को अध्ययन पूरा गरिसकेकी छन् । पढाइका अतिरिक्त खेलकुदमा निकै सक्रिय उनले चर्चित लन्डन म्याराथनसहित विभिन्न दौड प्रतियोगिताहरूमा समेत सहभागिता जनाइसकेको अध्यक्ष राईले बताए ।
ब्रिटिस च्याम्पियनसिपमा सफलता हात पारेकी सरिनाको अबको लक्ष्य विश्व च्याम्पियनसिप तर्फ सोझिएको छ । आगामी सेप्टेम्बरमा अस्ट्रियामा आयोजना हुने ‘डब्लुएमएसी वर्ल्ड च्याम्पियनसिप– २०२६’ मा सहभागिता जनाउनका लागि उनले अहिलेदेखि नै तयारी गरिरहेको अध्यक्ष राईले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासले गाजाको प्रशासनिक निकाय विघटन गर्ने
-
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
-
संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ
-
दलाई लामाको जन्मदिनमा स्वयम्भूमा इन्डोर कार्यक्रम
-
रास्वपामा दुईभन्दा बढी हुन सक्छन् ‘वरिष्ठ’ नेता
-
इरान युद्धले तेल आपूर्ति गुम्दा पनि टिक्यो विश्व अर्थतन्त्र, तर भविष्यमा मूल्यवृद्धिको जोखिम कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण