सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित

सोमबार, २२ असार २०८३, १३ : ०९
सोमबार, २२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका हरेक समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
  • चितवनमा सम्पन्न प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानले पार्टीका साङ्गठनिक संरचनाहरूलाई नेपाली समाजको विविधताको ऐना बनाउने लक्ष्य राखेको छ ।
  • विधानले समानुपातिक प्रतिनिधित्वमा 'एक व्यक्ति, एक पटक मात्र' को नीति लागू गर्दै सीमान्तकृत र अल्पसङ्ख्यक समुदायलाई नेतृत्वमा ल्याउने समावेशिताको सिद्धान्त अपनाएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीका हरेक समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

चितवनमा भएको प्रथम महाधिवेशनले पारित गरेको संशोधित विधानमा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गरेको हो ।

‘पार्टीको हरेक साङ्गठनिक संरचनालाई नेपाली समाजको सुन्दर विविधताको वास्तविक ऐना बनाइनेछ । पार्टीका सम्पूर्ण तहका समिति, विभाग र निकायहरूमा कम्तीमा ३३ प्रतिशत महिला र कम्तीमा ३३ प्रतिशत युवाको अर्थपूर्ण प्रतिनिधित्व अनिवार्य गरिनेछ’, विधानमा भनिएको, ‘यसका अतिरिक्त, देशको भूगोल, जनसङ्ख्याको अनुपात र विभिन्न सामाजिक समुदाय (क्लस्टर) को विशिष्ट यथार्थलाई सम्बोधन गर्दै सबै वर्ग, क्षेत्र र सीमान्तकृत समुदायको समन्यायिक प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।’

यसैगरी समानुपातिकमा ‘एक व्यक्ति, एक अवसर’ व्यवस्था गरिएको छ ।  राज्यको पिँधमा रहेका सीमान्तकृत र अल्पसङ्ख्यक समुदायलाई नेतृत्वमा ल्याउन समावेशिताको सिद्धान्त अपनाइने तर समानुपातिक प्रतिनिधित्वको अवसर वितरण गर्दा सीमित व्यक्तिको कब्जाबाट मुक्त राख्न ‘एक व्यक्ति, एक पटक मात्र’ को नीति लागू गरिने विधानमा व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप