काउन्टी क्रिकेटमा टम ब्यान्टनको कीर्तिमान, ५३ चौकाको मद्दतले अविजित ३४४ रन
काठमाडौँ । काउन्टी च्याम्पियनसिप क्रिकेटको पहिलो डिभिजनको खेलमा समरसेटका ब्याट्सम्यान टम ब्यान्टनले इतिहास रचेका छन् । वस्टर शायर विरुद्धको खेलको दोस्रो दिन सोमरसेटका ब्याट्सम्यान टमले अविजित तीन सय ४४ रनको पाली खेल्दै कीर्तिमान बनाएका हुन् ।
२६ वर्षीय टम प्रथम श्रेणीको काउन्टी क्रिकेटको इतिहासमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका हुन् । यसअघि यो कीर्तिमान जस्टिन लेङ्गरको नाममा थियो । उनले सन् २००६ मा तीन सय ४२ रनको पाली खेलेका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दायाँ हाते ब्याट्सम्यान टमले तीन सय ८१ बलको सामना गरी एक छक्का र ५३ वटा चौका हिर्काएका थिए । उनी करिब आठ घण्टा क्रिजमा उभिएका थिए । उनी तेहरो शतक बनाउने सोमरसेटका आठौँ ब्याट्सम्यान पनि हुन् ।
सन् २००९ मा जेम्स हिल्ड्रेथपछि सोमरसेटका कुनै पनि ब्याट्सम्यानले तेहरो शतक बनाउन सकेको थिएन । सोमरसेटका लागि जेम्स रेवले पनि उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीका लागि एक सय ५२ रनको योगदान गरे । उनले दुई सय ७५ बलमा दुई छक्का र १४ चौका पनि हिर्काए ।
सोमरसेटले ६ विकेटको नोक्सानीमा ६ सय ३७ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । त्यसअघि वस्टरशायरले आफ्नो पहिलो पालीमा ४५.३ ओभरमै अलआउट हुनुअघि एक सय ५४ रन मात्र बनाउन सकेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण