निरन्तर २५ वर्ष बिताएर बायर्न म्युनिखबाट अलग हुँदैछन् थोमस मुलर
काठमाडौँ । प्रभावशाली आक्रामक मिडफिल्डर थोमस मुलर आफूले निरन्तर २५ वर्ष बिताएको बाल्यकालको क्लब बायर्न म्युनिखबाट अलग हुने भएका छन् । उनले यही गृष्म ऋतुमा बायर्न म्युनिखसँगको आफ्नो ‘ऐतिहासिक र अविश्वासिलो’ यात्रालाई टुंग्याउन लागेका हुन् ।
जर्मन ‘पावर हाउस’ बायर्न म्युनिखसँग ३५ वर्षीय मुलरको सम्झौता यही सिजनमा समाप्त हुँदैछ । बायर्न म्युनिख र मुलरले आपसी छलफलपछि सम्झौता अवधि थप नगर्ने सहमति गरेका हुन् । मुलरले बाल्यकालको क्लबसँग अलग हुने सहमति गर्नु आफ्ना लागि निकै दुःखद क्षण भएको बताए ।
‘अर्को सिजनका लागि नयाँ सम्झौता प्रस्ताव नगर्ने बायर्नको निर्णयलाई म हृदयदेखि सम्मान गर्छु । तर, लामो सहयात्रा गरेको क्लबबाट टाढिनु पर्दा दुःख लागेको छ,’ मुलरले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भनेका छन् । क्लबबाट अलग हुनु आफ्नो निर्णय नभएको पनि उनले स्पष्ट पारेका छन् । बायर्नले नयाँ सम्झौताका लागि प्रस्ताव नगर्ने भएपछि उनी क्लबबाट अलग हुन बाध्य भएका हुन् । मुलरले बायर्न म्युनिखलाई कीर्तिमानी रुपमा १२ पटक बुन्डेस लिगाको उपाधि चुमाएका थिए ।
यसका अतिरिक्त, उनले बायर्न म्युनिखलाई दुईपटक च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘कुनै एउटै क्लबमा २५ वर्ष बिताउनु सामान्य कुरा होइन । मेरा लागि यो ऐतिहासिक र अविश्वासिलो यात्रा हो । दुःखपूर्वक भन्नुपर्छ अबको केही समयपछि म मेरो बाल्यकालको क्लबबाट अलग हुँदैछु,’ मुलरले भनेका छन् ।
उनले बायर्न म्युनिखबाट कुल ३३ वटा ट्रफी चुमेका छन् । मुलरले सन् २००८ मा बायर्न म्युनिखको सिनियर टोलीबाट ‘डेब्यू’ गरेका थिए । त्यतिबेला क्लबको प्रमुख प्रशिक्षक योर्गेन क्लिन्सम्यान थिए । त्यसअघि उनी सन् २००० मा केवल १० वर्षको उमेरमा बायर्न म्युनिखको एकेडेमीमा आबद्ध भएका थिए ।
चर्चित जर्मनी फुटबलर मुलरले बायर्न म्युनिखका लागि कीर्तिमानी रुपमा सात सय ४३ खेल खेलेका छन् । उनले क्लबका लागि दुई सय ४७ गोल पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण