राजेशको ‘नरसिंहाः अवतार’ जापानमा प्रदर्शन हुने
काठमाडौंँ । दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्म ‘नरसिंहाः अवतार’ जापानमा पनि प्रदर्शन हुने भएको छ ।
फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेसँगै त्यहाँ प्रदर्शन हुने पक्का भएको हो ।
जापानका दर्शकले फिल्मको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्वल गुरागाईंले बताए । निर्माण पक्षले कति रकममा फिल्म जापान अधिकार बिक्री गरेको हो, त्यो भने खुलाएको छैन ।
फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहन सफल फिल्मको विदेश मागसमेत हुँदै आएको थियो । फिल्म विदेशका धेरै देशमा एकसाथ प्रदर्शन ल्याउने तयारी भइरहेको निर्देशक भट्टराइले बताए ।
फिल्मको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो ।

राजेश हमाल, नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाहीलगायत कलाकारको फिल्ममा अभिनय छ । फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । यो जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण