देशभरका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने
काठमाडौँ । सेवा र विकासका लागि युवा नामक संस्थाले १९ जिल्लाका ३३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। देशभरका १९ जिल्लामा रहेका २७ वटा विद्यालयका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लागेको हो ।
ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो । छात्रवृत्ति वार्षिक रूपमा जनही एक सय अमेरिकी डलर पाउने संस्थाका प्रतिनिधि एवं छात्रवृत्ति कार्यक्रम संयोजक प्रकाश शर्माले जानकारी दिए । संस्थाले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै छात्रवृत्तिसम्बन्धी जानकारी दिएको हो ।
छात्रवृत्ति ‘गरिब तथा जेहेन्दार’ विद्यार्थीलाई वितरण गरिने शर्माले बताए । छात्रवृत्तिका लागि छनौट गर्न स्थानीय तहको समन्वयमा विद्यालयलाई नै जिम्मेवारी दिइएको उनको भनाइ छ । आर्थिक रूपमा विपन्न, पछाडि परेका समुदायका बालबालिका लगायतलाई छात्रवृत्ति प्रदान गरिने संयोजक शर्माले बताए ।
समाज कल्याण परिषद्बाट स्वीकृति लिइसकेको र केही दिनमा उक्त रकम विद्यालयको बैँक खातामा सोझै पठाइनेछ । संस्थाका आर्थिक सल्लाहकार अर्पण पौडेल शर्माले छात्रवृत्ति कार्यक्रम अहिले सुरुवातको स्थितिमा रहेको र आगामी वर्षबाट अझ बिस्तार गरिने बताए ।
अन्य सामाजिक कार्य समेत गर्दै आएको बताउँदै छात्रवृत्ति सम्बन्धी पहिलो काम भएको संस्थाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण