सहकारी ठगी प्रकरण
रविलाई अदालतमा उपस्थित गराइँदै
सोमबार, २५ चैत २०८१, ०९ : ४३

बुटवल । बुटवलको सुप्रिम बचत तथा सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देहीस्थित जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको हो ।
आज कार्यालय खुलेपछि प्रक्रिया पुराएर कारागार लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
-
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा
-
रास्वपालाई घाँडो हुँदै संसद्को आन्दोलन !
-
ग्राहक सङ्ख्या बढाउन इन्टरनेट कम्पनीको प्रतिस्पर्धा : कसको ग्राहक कति ?