गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
सोमबार, २५ चैत २०८१, १० : १७

काठमाडौँ । हजारौं मोरक्कोलीहरू देशको राजधानीमा भेला भइ गाजामा फेरि शुरु भएको घातक इजरायली आक्रमणको विरोध गरेका छन् ।
प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका थिए । प्यालेस्टिनी झण्डा फहराउँदै, प्यालेस्टिनी जनतासँग ऐक्यवद्धता जनाउँदै नारा लगाउँदै, इजरायलको गाजा नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेका छन् ।
मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् । यो प्रदर्शन मोरक्को फ्रन्ट फर सपोर्टिङ प्यालेस्टाइन एण्ड अगेन्स्ट नर्मलाइजेसनले धेरै स्थानीय मानव अधिकार समूहहरूसँग मिलेर आयोजना गरेको हो ।
इजरायलले मार्च २ देखि गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ । पछिल्लो पटकको आक्रमण यता इजरायलले हालसम्म १ हजार ३३५ प्यालेस्टिनीहरूको हत्या गरेको छ । ३ हजार २९७ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नीति तथा कार्यक्रम ओलीको ‘पानी जहाज’ जस्तै अस्पष्ट’
-
आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ: पूर्वप्रधानमन्त्री खनाल
-
सयौँ पुतली
-
पहलगाम हमला : भारतले पाकिस्तानबाट हुने आयातमा पूर्ण प्रतिबन्ध लगायो
-
‘कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छ’
-
‘राजनीतिक दलको विचार फरक भए पनि राष्ट्रिय दृष्टिकोण एकै हुनुपर्छ’