सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । विद्युत् आपूर्तिमा समस्या र आर्थिक संकट देखाउँदै विगत ५ महिनादेखि बन्द उद्योग सोमबारदेखि सञ्चालनमा आएको हो ।
सोमबारबाट उद्योगको प्लान्टको किलमा फायर गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योगका निमित्त महाप्रबन्धक नवीन कुमार कर्णले जानकारी दिए । उनका अनुसार उद्योगको किलमा फायर गरेसँगै उद्योगको उत्पादन प्लाण्ट चलेको र मंगबारबाट क्लिङ्कर उत्पादन सुरु हुने छ । किलमा हिटिङ प्रोसेसमा केही समय लाग्ने भएकाले क्लिङ्कर उत्पादन मंगलबारबाट हुने उनको भनाइ छ ।
विद्युत् नियमित भएसँगै उद्योग सञ्चालन नियमित गर्नेगरी तयारी गरिएको उद्योगका निमित्त महाप्रबन्धक कर्णले बताए । हाल उद्योगमा १ हजार ३०० टन कोइला तथा चुन ढुङ्गा स्टकमा रहेको उनले बताए ।
उद्योगमा देखिने मेसिनरी समस्याहरू हल गर्न प्राविधिक शाखाका कर्मचारी तयारी अवस्थामा रहेको उनले बताए । निमित्त महाप्रबन्धक कर्णले एक महिनालाई पुग्ने कच्चा पदार्थ मौज्दात रहेको बताए । उनले उद्योगले उत्पादन थालेपछि त्यही सिमेन्ट बेचेर समस्या टार्दै जाने दाबी पनि गरे ।
उद्योग सञ्चालनका लागि स्थायीतर्फ प्राविधिक र प्रशासनिक गरी १६० कर्मचारी र सप्लायर्सबाट लिने गरी ज्यालादारीका कर्मचारीहरू प्रयोग गरिएको उनले बताए ।
उद्योगका कर्मचारीहरूलाई स्टकमा रहेको सिमेन्ट बेचेर तलब भत्ता वितरण गरिएको र ३ महिनाको तबल भत्ता भुक्तानी गर्न बाँकी रहेको उनले बताए । गत असोजमा उद्योग बन्द हुँदा मौज्दात रहेको करिब १ लाख ५० हजार बोरा सिमेन्ट बेचेर केही समय उद्योगका कर्मचारी र मजदुरलाई तलब भुक्तानी गरेको थियो । उद्योग सञ्चालनसँगै उत्पादन बिक्री गरेर तलब भत्ता उपलब्ध गराउने उनले बताए ।
चालु आर्थिक वर्षको ७ महिनामा अवधिमा हेटौँडा सिमेन्ट उद्योग २६ दिन उद्योग सञ्चालनमा आएको छ । अपरेटिङ खर्च धान्न नसक्दा र पुराना उपकरण बिग्रिरहँदा उद्योग बारम्बार बन्द हुने गरेको छ । चालु आर्थिक वर्षको ७ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा ७ दिन गरी जम्मा २६ दिन चलेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण