रोल्पा र डोटीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
सोमबार, २५ चैत २०८१, १७ : २०
काठमाडौँ । रोल्पा र डोटीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित सडकमा दाङ घोराहीबाट चुनवाङ रुकुम पूर्वतर्फ जाँदै गरेको रा.१ ख २७७८ नम्बरको बसको ठक्करबाट माडी गाउँपालिका–२ औल बस्ने ८० वर्षीय देवराम घर्तीको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै डोटीको बडीकेदार गाउँपालिका–३ देउथानस्थित सडकमा बा.प्र.०३–००१ ख २५३ नम्बरको मिनिट्रक अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार सोही गाउँपालिका–३ देवल बस्ने २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका ट्रकमा सवार १ जनालाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी मुलिचौर पठाइएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण