सर्लाहीको हरिवनबाट ठुलो परिमाणमा लागुऔषध बरामद
हरिव । सर्लाहीको हरिवन नगरपालिका–३ डाबरीबाट ठुलो परिमाणमा लागुुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय मानबहादुर घिसिङ रहेका छन् । उनलाई प्रहरीले आइतबार राति साढे १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो ।
ना२४प ६९०३ नम्बरको मोटरसाइकल पछाडि दुई वटा बोरामा लागुऔषध बोकेर हिँडिरहेका अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।
घिसिङले मोटरसाइकलको पछाडि सिटमा दुई वटा बोराभित्र बोकेर हिँडेको वाइनसिरेक्स सय एमएलको ३१३ बोतल र सय एमएलको वनरेक्स १४५ बोतल बरामद भएको इन्स्पेक्टर तामाङले बताए ।
ठुलो मात्रामा लागुऔषधसहित पक्राउ परेका घिसिङलाई सोमबार सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण