सर्लाहीको हरिवनबाट ठुलो परिमाणमा लागुऔषध बरामद

हरिव । सर्लाहीको हरिवन नगरपालिका–३ डाबरीबाट ठुलो परिमाणमा लागुुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय मानबहादुर घिसिङ रहेका छन् । उनलाई प्रहरीले आइतबार राति साढे १२ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको हो ।
ना२४प ६९०३ नम्बरको मोटरसाइकल पछाडि दुई वटा बोरामा लागुऔषध बोकेर हिँडिरहेका अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।
घिसिङले मोटरसाइकलको पछाडि सिटमा दुई वटा बोराभित्र बोकेर हिँडेको वाइनसिरेक्स सय एमएलको ३१३ बोतल र सय एमएलको वनरेक्स १४५ बोतल बरामद भएको इन्स्पेक्टर तामाङले बताए ।
ठुलो मात्रामा लागुऔषधसहित पक्राउ परेका घिसिङलाई सोमबार सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
मेलम्ची र हेलम्बु क्षेत्रको पुनःनिर्माण गछौँ : मन्त्री खड्का
-
टिकटक ट्रेन्ड पछ्याउँदा छोरीलाई दुर्व्यवहार गरेकोमा दोषी ठहर भइन् आमा
-
पर्यटकीय गन्तव्य मौलाकालीमा ‘इला होटल’ तथा रिसोर्ट सञ्चालनमा
-
लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
-
भारत–पाकिस्तान युद्धविरामपछि यस्तो छ पाकिस्तानी सेयर बजारको अवस्था