कोहली र पाटिदार चम्किँदा बेंगलुरुले मुम्बईलाई दियो २२२ रनको लक्ष्य
सोमबार, २५ चैत २०८१, २१ : २८
काठमाडौँ । जारी आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्सलाई २२२ रनको विजयी लक्ष्य दिएको छ ।
बेंगलुरुले पूरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २२१ रन बनाएको हो ।
वाङ्खडे स्टेडियममा विराट कोहली र कप्तान रजत पाटिदारले उत्कृष्ट अर्धशतकीय पारी खेले । कोहलीले ४२ बलमा ६७ रन बनाए भने पाटिदारले ३२ बलमा ६४ रन बनाए । टस जितेर ब्याटिङको निम्तो दिएको मुम्बईका लागि ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान २/२ विकेट लिए । त्यस्तै देवदत्त पाडिक्कलले २२ बलमा ३७ रन बनाए ।
आज जसप्रित बुमराह सिजनको पहिलो खेल खेलिरहेका छन् । रोहित शर्माले पनि पुनरागमन गरेका छन् । बेंगलुरुले अन्तिम खेलको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण