आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चौथो हार बेहोरेको छ । घरेलु मैदानमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंग्लुरुसँग १२ रनले पराजित भएको हो । पाँचपल्टको आईपीएल च्याम्पियन मुम्बईलाई हराएको बैंग्लुरुले चार खेलबाट ६ अंक बटुलेको छ ।
बैंग्लुरु तेस्रो स्थानमा यथावत छ । समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौं स्थानमा छ । घरेलु मैदानमा बैंग्लुरुले दिएको २२२ रनको चुनौति पछ्याएको मुम्बईले नौ विकेट गुमाएर जम्मा २०९ रन मात्रै बनायो । तिलक बर्मा र कप्तान हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङका बाबजुद पनि मुम्बईले हारको सामना गर्नु पर्यो । तिलकले सर्वाधिक ५६ रन बनाए । २९ बल खर्चिएका उनले चार चौका र चार छक्का प्रहार गरे ।
पाण्ड्याले १५ बलमा तीन चौका र चार छक्का प्रहार गरे । यी दुईले पाँचौं विकेटका लागि ३४ बलमा ८९ रनको साझेदारी गरे । तर, हार टरेन । मुम्बईले अन्तिम तीन ओभरमा चार विकेट गुमाइसकेको थियो । विल ज्याक २२ रनमा आउट हुँदा रोहित शर्मा र र्यान रिकेल्टनले समान १७ रनको योगदान दिए ।
बलिङतर्फ बैंग्लुरुका क्रुनाल पाण्ड्या एक्लैले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ४५ रन खर्चिएका थिए । यश दयाल र जोश हजलवुडको नाममा समान दुई विकेट रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २२१ रन बनाएको थियो । जहाँ, ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । ४२ बल खर्चिएर उनले आठ चौका र दुई छक्का प्रहार गरे ।
जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो । यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको पाली खेलेका थिए । कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रन बनाए । देवत्त पडिक्कर ३७ रन जोडेर आउट हुँदा जितेश शर्मा ४० रनमा नटआउट रहे । मुम्बईका ट्रेन्ट बोल्ड र कपतान हार्दिक पाण्ड्याले समान दुई–दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
-
एकोहोरो दबाब दिन थालेपछि पेलेर अघि बढ्ने तयारीमा कोशी सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण