दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्कुल विभागको निमन्त्रणामा नेकपा(माओवादी केन्द्र)का उच्चस्तरीय टोली आज राति चीन भ्रमणमा जाँदैछन् । सचिव दीनानाथ शर्माको नेतृत्वमा २० सदस्यीय टोली चोङकिङ जान लागेका हुन् ।
भ्रमणको उद्देश्य चिनियाँ कम्युनिस्ट पार्टीले प्रयोग गरेको समाजवाद र नेपाली कम्युनिस्ट आन्दोलनको बहुआयमिक सम्बन्धबारे राजनैतिक तथा वैचारिक बहस, कृषि, प्रविधि र पूर्वाधार विकासमा चीनले गरेको प्रगतिबारे अवलोकन हुने नेता रामदीप आचार्यले जानकारी दिए ।
‘चिनियाँ स्कुल विभाग र हाम्रो पार्टीको स्कुल विभागबिच भाइचारा सम्बन्ध, राजनीतिक वैचारिक बहसको साथै त्यहाँको कृषि, पर्यटन, प्रविधि र पूर्वाधार विकासमा भएको प्रगतिबारे अवलोकनका लागि जान लागेको हो । चीनले प्रयोग गर्दै आएको समाजवाद र नेपाली कम्युनिस्ट आन्दोलनको योगदानबारे भ्रमणमा चर्चा हुनेछ । नेपालमा समाजवादको आधार तय गर्न यो भ्रमण फलदायी हुनेमा विश्वास लिएका छौँ’, आचार्यले रातोपाटीसँग भने ।
१० दिने भ्रमण सकेर टोली वैशाख ४ गते स्वदेश फर्किनेछन् । चीनको दक्षिण–पश्चिमा रहेको चोङकिङ सहर आधुनिक प्रविधि र पूर्वाधार विकासमा विश्वकै उत्कृष्ट सहर मानिन्छ ।
उच्चस्तरीय भ्रमण टोलीमा लेखनाथ न्यौपाने, लोकेन्द्र प्रसाद लम्साल, रामदीप आचार्य, दीपक केसी, ओमप्रकाश पुन, रामकृष्ण अधिकारी, उमाकान्त भुर्तेल, कोमलमाया लामा, नमोनारायण माझी रहेका छन् । यस्तै सन्तोष पनेरु, दुर्गाबहादुर थारु, आशा उपरकोटी, अनिकेत तिवारी, खेमराज नेपाली, एवेन्द्र पराजुली, कुन्दन कुमार महतो, संगीत भट्टराई रेग्मी, कृष्णराज केसी र जटिल कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण