दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी स्कुल विभागको निमन्त्रणामा नेकपा(माओवादी केन्द्र)का उच्चस्तरीय टोली आज राति चीन भ्रमणमा जाँदैछन् । सचिव दीनानाथ शर्माको नेतृत्वमा २० सदस्यीय टोली चोङकिङ जान लागेका हुन् ।
भ्रमणको उद्देश्य चिनियाँ कम्युनिस्ट पार्टीले प्रयोग गरेको समाजवाद र नेपाली कम्युनिस्ट आन्दोलनको बहुआयमिक सम्बन्धबारे राजनैतिक तथा वैचारिक बहस, कृषि, प्रविधि र पूर्वाधार विकासमा चीनले गरेको प्रगतिबारे अवलोकन हुने नेता रामदीप आचार्यले जानकारी दिए ।
‘चिनियाँ स्कुल विभाग र हाम्रो पार्टीको स्कुल विभागबिच भाइचारा सम्बन्ध, राजनीतिक वैचारिक बहसको साथै त्यहाँको कृषि, पर्यटन, प्रविधि र पूर्वाधार विकासमा भएको प्रगतिबारे अवलोकनका लागि जान लागेको हो । चीनले प्रयोग गर्दै आएको समाजवाद र नेपाली कम्युनिस्ट आन्दोलनको योगदानबारे भ्रमणमा चर्चा हुनेछ । नेपालमा समाजवादको आधार तय गर्न यो भ्रमण फलदायी हुनेमा विश्वास लिएका छौँ’, आचार्यले रातोपाटीसँग भने ।
१० दिने भ्रमण सकेर टोली वैशाख ४ गते स्वदेश फर्किनेछन् । चीनको दक्षिण–पश्चिमा रहेको चोङकिङ सहर आधुनिक प्रविधि र पूर्वाधार विकासमा विश्वकै उत्कृष्ट सहर मानिन्छ ।
उच्चस्तरीय भ्रमण टोलीमा लेखनाथ न्यौपाने, लोकेन्द्र प्रसाद लम्साल, रामदीप आचार्य, दीपक केसी, ओमप्रकाश पुन, रामकृष्ण अधिकारी, उमाकान्त भुर्तेल, कोमलमाया लामा, नमोनारायण माझी रहेका छन् । यस्तै सन्तोष पनेरु, दुर्गाबहादुर थारु, आशा उपरकोटी, अनिकेत तिवारी, खेमराज नेपाली, एवेन्द्र पराजुली, कुन्दन कुमार महतो, संगीत भट्टराई रेग्मी, कृष्णराज केसी र जटिल कार्की रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित