काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका हुन् ।
_Kh5CHNbEd7.jpg)
काठमाडौँ केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । विद्यालयमा पठनपाठन बन्द गर्दै देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी भएका छन् ।
_KquMBoF7UK.jpg)
मंगलबार माइतीघरदेखि बानेश्वरसम्म टर्च बालेर प्रदर्शन गर्दै उनीहरूले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् । लामो समयदेखि सरकारले शिक्षकहरूको माग पुरा नगरेका कारण बाध्य भएर आन्दोलनमा सहभागी हुनुपरेको उनीहरूको भनाइ छ ।
_mYlA44IyFb.jpg)
महासंघले आफूहरूको माग सरकारले नसुने थप कडा संघर्षको कार्यक्रम आयोजना गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीहरूले पुराना ऐन खारेज गर, नयाँ ऐन जारी गर, लगायतका नारा लगाएका थिए ।
_DHNruBQwoQ.jpg)
_wiPwlSPXkj.jpg)
_kXfPsmQAzD.jpg)
_J1J9Uqr0QU.jpg)
_ROfdbJQIMF.jpg)
_b5PgvlvZra.jpg)
_nifRolCW9L.jpg)
_EGp7SwnoMI.jpg)
_29jL95Uqf0.jpg)
_A900apg9BC.jpg)
प्रतिक्रिया