रोनाल्डोको होटलमा आगलागी
काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो होटल व्यवसायी पनि हुन् । फुटबल मैदानमा आफ्नो जादुमयी प्रदर्शनबाट करोडौँ समर्थकको मन जित्न सफल रोनाल्डोको मोरक्कोमा पनि होटल छ ।
उनको स्वामित्वमा रहेको मोरक्कोको होटल ‘माराकेश’मा आगलागी भएको समाचारमा जनाइएको छ । घटना अप्रिल ५ तारिखको भएको बताइएको छ । उनको होटलमा आगलागी भएको तस्बिरहरू पनि सार्वजनिक भएका छन् ।
होटलमा आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । आपत्कालीन सेवाहरू तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो । मोरक्को वर्ल्ड न्यूजका अनुसार, होटलमा रहेका पाहुना र कर्मचारीहरूलाई तत्कालै सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।
पोर्चुगिज स्टार रोनाल्डोले सन् २०२२ मा त्यो होटल खोलेका थिए । उनी हाल साउदी अरेबियन क्लब अल–नासरबाट व्यावसायिक फुटबल खेल्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण