गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)का विषयमा नेपालमा रहेको गलत बुझाइका कारण नेपालले यसबाट नेपालबाट नसकेको बताएकी छिन् ।
आज काठमाडौँमा आयोजित बिआरआई श्वेतपत्र विश्व समुदायको साझा भविष्यका लागि एक आधार स्तम्भ नामक पुस्तक विमोचनमा नेतृ कोइरालाले नेपालले बिआरआईबाट यातायात, ऊर्जा र पर्यटनमा सहयोग लिनसक्ने बताइन् ।
बिआरआईबाट नेपालले आर्थिक, सामाजिक विकास र जनता–जनताबीचमा सम्बन्ध विस्तारमा सहयोग लिएर फाइदा लिनसक्ने उनको भनाइ थियो । नेपालले अब कसले के भन्छ भन्ने विषय नसोची चीनसँग सम्झौता गरेर अगाडि बढ्न सक्नुपर्ने कोइरालाले बताइन् । मुलुकको विकासका लागि सुदृढ अर्थतन्त्र आवश्यक पर्ने भन्दै उनले विकासमा चिनिया मोडेल प्रयोग गरेर अगाडि बढ्दा उपयुक्त हुने बताउँदै अन्य मुलुकहरूले विगतको ७० वर्षमा विकास गर्न नसकिरहेका बेलामा चीनले गरेको विकास र हासिल गरेको उपलब्धी प्रशंशायोग्य रहेको कोइरालाले बताइन् ।
चीनको राज्य परिषद् सूचना कार्यालयले निकालेको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी आज विमोचन गरिएको हो । पुस्तकलाई फ्राइन्ड्स अफ सिल्क रोड क्लब नेपालले प्रकाशन गरेको हो । पुस्तकको बारेमा पत्रकार महेन्द्र सुवेदीले कार्यक्रममा प्रकाश पारेका थिए ।
क्लबका महासचिव डा कल्याण शर्माले कार्यक्रममा बिआरआईको सहयोग लिएका राष्ट्रहरू सबल बन्ने बाटोमा अगाडि बढिरहेको बताउँदै यसबाट फाइदा लिन नेपालले ढिला गर्न नहुने बताए । उनले बिआरआईको लिने र तिर्ने राष्ट्रसफल भएको पनि बताए ।
नेपालले बिआरआई सम्झौतामा हस्ताक्षर गरेको लामो समय भए पनि अहिलेसम्म एउटा योजना पनि यस परियोजना अन्तर्गत अगाडि बढाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण