आँचल बनिन् ‘मिस टिन युनाइटेड नेसन्स नेपाल’ विजेता
काठमाडौंँ । ‘मिस टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि आँचल गिरीले जितेकी छन् ।
सोमबार साँझ सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य ‘युनाइटेड नेसन्स प्याजेन्टस् नेपाल २०२५’मा उनले अन्य प्रतियोगीलाईपछि पर्दै यो मिस टिन तर्फको शिर्ष उपाधि जितेकी हुन् । विजेता दुबैले अमेरिकाको फ्लोरिडा राज्यमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता युनाइटेड नेसन्स प्याजेन्टस् २०२५’मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।
ललितपुरको झम्सिखेल स्थित द प्लाजामा भव्य कार्यक्रम सहित आयोजित प्रतियोगीतामा ‘मिस्टर टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि मृनल श्रेष्ठले हात पारे । प्रतियोगितामा दिपशिखा रुम्बा ‘मिस युनाइटेड नेसन्स नेपाल २०२५’ भइन् । प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड भने ईस्मारिका मगर तथा रोहित श्रेष्ठले प्राप्त गर्दा प्रतिक्षा बस्नेत र आश्रिया तामाङले ‘अर्गनाइजर च्वाइस७ अवार्ड हात पारे ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा प्रतियोगीहरु दुर्गा बस्नेत, समिक्षा लामिछाने, बविता प्रधान र अनिता खाती क्षेत्रीले तयार पारेका आकर्षक पहिरनका डिजाइन सहित स्टेजमा उत्रिएका थिए । प्रतियोगिताको निर्णायकमा युनाइटेड नेसन्स प्याजेन्टस्का तर्फ अमेरिकाबाट नेपाल आएका लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट, फेसन फोटोग्राफर सन्जय रौनियार र गायिका रेखा शाह रहेका थिए ।
स्मार्ट गफ आयोजक रहेको प्रतियोगीताको नेसनल डाइरेक्टर प्रमिला सिलवाल र इभेन्ट डाइरेक्टर तथा रमेश शाही रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घट्दै सर्पदंशको उपचार लिने बिरामी
-
साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
-
स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गादान
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण