लुम्बिनी प्रदेश : वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन जारी
बुटवल । लुम्बिनी प्रदेश सरकारले वनमा डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ ।
पछिल्लो समय लुम्बिनी प्रदेशमा वनमा आगलागीका घटनाहरू वृद्धि भएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत परिपत्र गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
यस वर्ष चैत १ गतेदेखि २५ गते सम्म १२ वटा जिल्लामा आगलागीका १२९ वटा घटना घटेका छन् । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षति न्यूनीकरणका लागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध पनि गरिएको छ। वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको बिगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण