प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ ।
कैलालीकै टिकापुर नगरपालिका ९ खक्रौला चेक पोष्ट नजिकबाट टिकापुर १ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका स्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने विवेक राना, आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट ६६० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १९ का रोहित बोगटी र लोकेन्द्र खड्का ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम लागु औषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपुरमा फेरि हिंसा, पाँच जिल्लामा इन्टरनेट बन्द, केहीमा निषेधाज्ञा
-
नेपालमा ८७ हजार यौन श्रमिक
-
अध्यागमन विभागमा संसदीय भ्रमण गर्नुपर्ने भन्दै रास्वपा सांसद भण्डारीले दिइन् निवेदन
-
प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण (तस्बिरहरू)
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित