प्रधानमन्त्री ओली अर्घाखाँचीको पाणिनीमा
अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन गर्न अर्घाखाँचीको पाणिनी आएका छन् । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन हुँदैछ । दुई दिनसम्म चल्ने सम्मेलनले संस्कृतको पुनरुत्थानसँगै पर्यटनको विकास, स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सांस्कृतिक गौरवको पुनर्जागरणका मद्दत पुग्ने विश्वास गरिएको छ ।
पाकिस्तानको लोहारबाट सयौँ वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका १ र २ को पणेना जङ्गलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहास रहेको छ । २०७६ सालमा नेपाल सरकारले सय गन्तव्यभित्र पाणिनि तपो भूमिलाई पनि समेटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण