रावण प्रवृत्ति हटाउन राम पनि हिंस्रक बन्नु परेको थियो : लोहनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा.प्रकाशचन्द्र लोहनीले नेपालमा राजनीतिक सन्तुलन मिलाउन चुनौती रहेको बताएका छन् । बुधवार काठमाडौँमा राजसंस्था पुनर्स्थापना जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रममा लोहनीले विश्वको राजनीति निकै असन्तुलन गतिमा अगाडि बढेको बताएका हुन् ।
उनले राज्यले शान्तिपूर्ण आन्दोलनमाथि दमन र बिना कारण पक्राउ गरेर थुनेको आरोप लगाए । उनले राज्यको क्रूरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै सङ्घर्ष शान्तिपूर्ण वा हिंस्रक दुवै हुनसक्ने चेतावनी दिए ।
इतिहासमा रामले अनेकौँ उपाय अपनाउँदा पनि रावणले अत्याचार गर्न नछोडेपछि अन्तिममा हिंस्रक भएर अत्याचारको अन्त्य गरेको भन्दै पार्टीले सुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने उनको भनाइ छ । उनले नेपालीहरूको मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था अपरिहार्य भएको दाबी गरे ।
उनले भने, ‘अब सङ्घर्ष गर्ने समय आएको छ । रावणलाई प्रवृत्तिलाई कसरी हटाइएको थियो ? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय गर्नुभयो । अन्तिममा गएर सङ्घर्ष गर्नुपर्यो । सङ्घर्षले मात्रै रावण हटेर गयो, रावण प्रवृत्तिको अन्त्य भयो । नेपालमा आजको अवस्थामा जुन तरिकाले राज्यले दमन गर्न खोजेको छ, जुन तरिकाले सत्य तथ्य बोल्ने व्यक्तिलाई थुन्न खोजेको छ,उनीहरूलाई हत्या गर्न खोजेको छ, त्यसको विरुद्धमा सङ्घर्षसिवाय अर्को उपाय छैन । सङ्घर्ष शान्तिपूर्ण र हिंस्रक पनि हुन्छ ।’
नेता डा.लोहनीले नेपालको राजसंस्था नेपालीहरूलाई एकताबद्ध बनाउने संस्था भएकाले परम्परालाई जोगाउँदै संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुपर्ने दाबी गरे ।
उनले भने, ‘राप्रपाले भनेको छ हामी शान्तिपूर्ण सङ्घर्षमा जान्छौँ । तर शान्तिपूर्ण सङ्घर्षलाई कमजोर नसम्झ । अत्याचार दुराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन । हामी अगाडि बढ्छौँ । नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण