बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन

काठमाडौं । बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थामा संशोधन गरिएको छ । बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनको जारी गर्दै उक्त व्यवस्था संशोधन गरेको जानकारी दिएको हो ।
राष्ट्र बैंकले बैंक तथा गएको माघ १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था गरेको थियो । राष्ट्र बैंकले तीन महिना नपुग्नै उक्त व्यवस्थामा संशोधन गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको थियो ।
नयाँ व्यवस्थाअनुसार विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत इजाजतपत्र प्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजात लिएरसमेत खाता खोल्न सक्ने भएका छन् ।
यसरी खोलिने खातावाला नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अद्यावधिक गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर
-
बाबुआमालाई वृद्धाश्रममा राख्ने होइन, सन्तानसँगै बस्ने संस्कारको विकास गर्नुपर्छः राष्ट्रियसभा सदस्य बस्नेत
-
श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ
-
‘साना र ठुला उद्योगको न्यूनतम पारिश्रमिक फरक हुनुपर्छ’
-
चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा