असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले असल व्यवहार गरेर सेवा प्रवाह सुधार गर्न निर्देशन दिएका छन् ।
मुलुकभरमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समिति र मन्त्रालयका विभागीय प्रमुखहरुसितको भर्जुवल बैठकमा बोल्दै मन्त्री लेखकले सेवा प्रवाहसित असल व्यवहार, बानी र बचनसंग जोडिएको धारणा राखे ।
“सेवा प्रवाहको विषय असल बचनसित पनि जोडिएको हुन्छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“सेवाग्राहीहरुसित असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुन थप बजेट आवश्यक पर्दैन् ।”
उनले सिमित स्रोतसाधन, जनशक्ति र भौतिक पुर्वाधारको अभावका बिच पनि काम गर्नुपरेको बताए ।
“सेवा प्रवाह सुधारको विषय पहिलो नम्बरमा राखेर काम गर्नुपर्छ ।” उनले भने–“अरुको सेवा प्रवाहको अनुगमन गर्ने दायित्व पनि हाम्रो हो ।”कार्यसम्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले सेवा प्रवाह सुधारका साथै हेल्प डेष्क र टोकन प्रणाली लागू गर्नेमा जोड दिनुहोला ।”
सेवाग्राहीलाई सन्तुष्ट बनाएर पठाउनु आजको आवश्यकता रहेको मन्त्री लेखकको भनाई थियो ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडी, विभिन्न विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण