साई सुदर्शनको रन वर्षा जारी, राजस्थानसामु जितका लागि २ सय १८ रनको लक्ष्य
अहमदाबाद । साई सुदर्शनको शानदार ब्याटिङको मद्दतले गुजरात टाइटन्सले राजस्थान रोयल्ससामु जितका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को २३ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१७ रन बनाएको हो ।
खेलमा गुजरातको सुरुवात भने राम्रो हुन सकेन । कप्तान शुभमन गिल मात्र २ रन बनाएर पभेलियन फर्किए । त्यसपछि सुदर्शन र जोस बट्लर मिलेर टोलीको इनिङ्स अगाडि बढाए ।
सुदर्शनले मात्र ५३ बलमा ८२ रन जोडे । उनले ८ चौका र ३ छक्का प्रहार गरे । यो सिजन आईपीएलमा उनको ब्याटबाट रनको वर्षा जारी रहेको छ । उता, बट्लरले २५ बलमा ३६ रनको योगदान दिए । उनले ५ चौका हिर्काए ।
त्यस्तै, साहरुख खानले पनि ३६ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले २० बलमा ४ चौका र २ छक्का प्रहार गरे । खेलको अन्त्यतिर राहुल तेवाटियाले २४ रन तथा रासिद खानले १२ रन जोडे ।
राजस्थानका लागि महिष थिकसाना र तुसाल देशपाण्डेले २–२ विकेट लिए । जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा १–१ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण