घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
बिहीबार, २८ चैत २०८१, ११ : ५४
डोटी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बुधवार सम्पन्न निर्वाचनमा डोटीको जोरायल गाउँपालिका–४ स्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ।
निर्वाचन समितिका संयोजक वासुदेव जोशीका अनुसार अध्यक्ष पदमा सुरत बोहरा ६९ मतसहित निर्वाचित भएका छन् । सचिवमा दीपक साउद ६५ मत र कोषाध्यक्षमा कलावती बोहरा ६६ मत प्राप्त गर्दै विजयी भएका छन्।
सदस्यतर्फ शर्मिला विकले ६६, रेखा साहुले ६५, धनाकुमारी कामीले ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन्।
क्याम्पसमा कूल ११४ जना मतदाता रहेकामा १०३ मत खसेको थियो । समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ भने नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण