सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
बक्सअफिस

विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिशत बढी विदेशी फिल्म प्रदर्शन

बिहीबार, २८ चैत २०८१, १४ : १०
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । नेपालमा विदेशी फिल्मको दबदबा कायमै रहेको पाइन्छ । वर्ष २०८१ मा नेपाली भन्दा ४० प्रतिशत बढी विदेशी फिल्म रिलिज भएको देखिन्छ । यसले पनि नेपालमा विदेशी फिल्मको दबदबा कायमै रहेको अनुमान गर्न सकिन्छ ।

चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको यो वर्षभरिको बक्सअफिस रिपोटमा नेपाली फिल्म ५९ वटा रिलिज भएको देखिन्छ ।

विदेशका रिलिज फिल्मको संख्या भने ८३ वटा छन् । संख्याको हिसावले पनि नेपाली भन्दा विदेशी फिल्म २४ वटा बढी छ । 

नेपालमा रिलिज हुने विदेशी फिल्ममा हिन्दी, अंग्रेजी, जापनिज, कोरियन लगायत रहेका छन् । तर धेरै ब्यवसाय गर्ने विदेशी फिल्मको टप फाइव सुचिमा हिन्दी फिल्म नै देख्न सकिन्छ ।

यो बर्ष नेपालमा धेरै कमाउने विदेशी फिल्मको पहिलो नम्बर ‘पुष्पा २’ रहेको छ । यो फिल्मले २६ करोड ४४ लाख रुपैयाँ ग्रस कलेक्स गरेको देखिन्छ ।

त्यस्तै, दोस्रो र तेस्रो सुचिमा ‘कल्की २८९८ एडी’ र ‘स्त्री २’ । यी फिल्मले क्रमश १२ करोड ५७ लाख र ८ करोड ११ लाख ग्रस कलेक्सन गरेको छ ।

धेरै कमाउने विदेशी फिल्मको सुचिको ४ र ५ नम्बरमा क्रमश मा ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ छ । ‘सिंघम अगेन’ले ४ करोड ९४ लाख ग्रस कलेक्सन गर्दा ‘भुलभुलैया ३’ले ४ करोड ७२ लाख ग्रस कलेक्सन गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप