ऊर्जामन्त्रीद्वारा मर्स्याङ्दी विद्युत गृहको निरीक्षण
शनिबार, ०६ असार २०८३, १३ : ३०
तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत गृहको निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले विद्युत गृहको विभिन्न संरचना, उपकरण तथा सञ्चालन अवस्थाबारे आयोजनाका प्राविधिक कर्मचारीसँग जानकारी लिएका हुन् ।
त्यस अवसरमा मन्त्री श्रेष्ठले देशको ऊर्जा सुरक्षामा जलविद्युत् आयोजनाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उत्पादन क्षमता वृद्धि तथा पूर्वाधार सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
मन्त्री श्रेष्ठलाई आयोजनाका निमित्त प्रमुख शेरमहम्मद हुसैनले विद्युत्गृहका बारेमा जानकारी गराएका थिए । यहाँबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
-
बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
-
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण