स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार स्थिरता र स्थायित्वका लागि बनेको बनेको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । सुशासन र विकासका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो अहिलेको सरकारको’, प्रधानमन्त्री ओलीले भने, ‘अस्थिरता हुन नदिएर स्थिरता र स्थायित्व दिने ।’
भ्रष्टाचारको न्युनीकरणसहित सुशासनको सेवा प्रवाह कसरी गर्ने भनेर नै मुलुकमा तीन तहका सरकारहरू बनेको भन्दै प्रधानमन्त्रीले सङ्घीय प्रणालीको विशेषता नै सेवा प्रवाह भएको बताए । त्यसक्रममा उनले अध्यादेशमार्फत सरकारले कानुनहरू बनाएको भन्दै अब मुलुकको अर्थतन्त्र सही ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रको सहकार्य कस्तो हुनुपर्छ भनेर नमुनाका रूपमा अघि बढेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते