स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार स्थिरता र स्थायित्वका लागि बनेको बनेको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकार स्थिरता र स्थायित्वका लागि बनेको हो । सुशासन र विकासका लागि बनेको हो । मुख्य एजेन्डा नै यही हो अहिलेको सरकारको’, प्रधानमन्त्री ओलीले भने, ‘अस्थिरता हुन नदिएर स्थिरता र स्थायित्व दिने ।’
भ्रष्टाचारको न्युनीकरणसहित सुशासनको सेवा प्रवाह कसरी गर्ने भनेर नै मुलुकमा तीन तहका सरकारहरू बनेको भन्दै प्रधानमन्त्रीले सङ्घीय प्रणालीको विशेषता नै सेवा प्रवाह भएको बताए । त्यसक्रममा उनले अध्यादेशमार्फत सरकारले कानुनहरू बनाएको भन्दै अब मुलुकको अर्थतन्त्र सही ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सरकार र निजी क्षेत्रको सहकार्य कस्तो हुनुपर्छ भनेर नमुनाका रूपमा अघि बढेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण