नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
विराटनगर । माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत निर्वाचित भएकी छिन् । खड्का यसअघि प्रदेश कमिटीको उप महासचिव थिइन् । उनी पूर्व प्रदेशसभा सदस्य पनि हुन् । उद्घाटन भएको तेस्रो दिनमा एसले नयाँ कार्यसमिति चयन गरेको हो ।
दुई उपाध्यक्ष रहने पाटीको विधानमा भए पनि अधिवेशनले उपाध्यक्ष भने छानेको छैन । ‘सहमतिमै दुई उपाध्यक्ष छानिएको छ’, उपमहासचिव राईले भने, ‘तर, उहाँहरू बाहिर रहेकाले नाम घोषणा नगरिएको हो ।’
यस्तै सचिवमा दलशेर राई निर्वाचित भएका छन् । तीन उपसचिव मध्ये एक जना भने पछि छान्ने गरी दुई जना सर्वसम्मत छानिएका छन् । जसमा आदिवासीतर्फ ताप्लेजुङ जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका छिरिङ लामा र दलिततर्फ उमा शङ्कर छन् । महिला उपसचिव भने खाली छोडिएको छ । अधिवेशन गत मङ्गलवारदेखि इटहरीमा सुरु भएको थियो । एमालेबाट पार्टी विभाजन भएपछि नेकपा ९एस०ले पहिलो पटक अधिवेशनबाट प्रदेशको नेतृत्व छनौट गरेको हो ।
अधिवेशनले १६८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । विधिको शासन एमाले भित्र नरहेको दाबी गर्ने नेकपा एकीकृत समाजवादीले पनि चुनावी प्रतिस्पर्धा रोकेरै सर्वसम्मतिको नाममा नेताकै आदेशमा नेतृत्व चयन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
-
सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
-
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण