शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
_LzfPKZr126.jpg)
काठमाडौँ । बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ । विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।
यद्यपि, अझै पनि यहाँको वायुको गुणस्तर ‘रेड जोन’ मा नै रहेको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार शुक्रबार बिहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा रहेको छ ।
बिहान ९ः४० मिनेटको मापन अनुसार काठमाडौँको एक्यूआई १५३ रहेको छ । यसलाई अस्वस्थ मानिन्छ । यहाँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११.८ गुणा बढी रहेको छ ।
अहिले कुवेतको कुवेत सिटी विश्वकै प्रदूषित सहर बनेको छ । त्यहाँ एक्यूआई ६४३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा ईराकको बगदाद र तेस्रो स्थानमा साउदी अरबको रियाद सहर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती विधेयकलाई समितिको आगामी बैठकबाट संसदमा पेस गर्नेगरी तयारी गर्न निर्देशन
-
जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेतीमा रमाउँदै युवा महेन्द्र खड्का
-
वैदेशिक रोजगारीमा रहेका नागरिकको हक, हितका लागि सरकारले काम गर्न सकेनः ज्ञानेन्द्र शाही
-
उधारो असुली कानुन बनाउन माग
-
टियू क्रिकेट मैदानमा फ्ल्डलाइट जडान र प्यारापिट निर्माणको काम कहिले सकिएला ?
-
श्रम आयोगबारे नीति तथा कार्यक्रमले केही बोलेन : सांसद् कोइराला