शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
काठमाडौँ । बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ । विगत केही दिनदेखि विश्वकै प्रदूषित सहर बन्दै काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो ।
यद्यपि, अझै पनि यहाँको वायुको गुणस्तर ‘रेड जोन’ मा नै रहेको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार शुक्रबार बिहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा रहेको छ ।
बिहान ९ः४० मिनेटको मापन अनुसार काठमाडौँको एक्यूआई १५३ रहेको छ । यसलाई अस्वस्थ मानिन्छ । यहाँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११.८ गुणा बढी रहेको छ ।
अहिले कुवेतको कुवेत सिटी विश्वकै प्रदूषित सहर बनेको छ । त्यहाँ एक्यूआई ६४३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा ईराकको बगदाद र तेस्रो स्थानमा साउदी अरबको रियाद सहर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण