जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
शुक्रबार, २९ चैत २०८१, १९ : ५१
बुटवल । जनता समाजवादी पार्टी (जसपा), नेपाल रुपन्देहीको जिल्ला अधिवेशन २०८२ वैशाख १३ गते हुने भएको छ ।
जसपा नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीको बैठकले वैशाख १३ गते शनिबार भैरहवामा अधिवेशन गर्ने निर्णय गरेको पार्टीको जिल्ला सचिव विष्णु अधिकारीले बताए। उक्त अधिवेशनलाई पार्टी एकतापछिको पहिलो अधिवेशन भनिएको छ ।
भैरहवामा सम्पन्न बैठकले २०८२ वैशाख १० गतेभित्र जिल्लाका सम्पूर्ण वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
उनका अनुसार अधिवेशन सम्पन्न गर्नका लागि जिल्ला अध्यक्ष सियाराम यादवको संयोजकत्वमा आर्थिक समिति र उपाध्यक्ष कलामुद्दीन खाँको संयोजकत्वमा राजनैतिक समिति गठन गरिएको छ ।
त्यस्तै सचिव विष्णु अधिकारीको संयोजकत्वमा संगठन समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
-
प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार : ९ वटा कार्यसूची तय
-
‘यो कठपुतली सरकार हो, जगमै खोट छ’
-
पोखरा महानगरले अनलाइनबाट गुनासो लिने, सेवा प्रवाहलाई व्यवस्थित बनाउन लाइन बस्ने अभियान चलाइने
-
न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण