भियतनामबाट १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर उडानमा लुम्बिनी आउँदै
शनिबार, ३० चैत २०८१, ०७ : ३५
काठमाडौँ । भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत लुम्बिनी भ्रमणमा आउने भएका छन् । वैशाख ५ गते उनीहरू भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
उनीहरू शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । वैशाख ६ गते लुम्बिनीबाट सडक मार्ग हुँदै भारतको वाराणसी जाने उनीहरूको कार्यतालिका छ ।
भियतनामका बौद्ध धर्मावलम्बीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका छन् । त्यसैले उनीहरुले प्रमुख धार्मिक गन्तव्यको रूपमा लुम्बिनीलाई मान्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण