विद्यालय शिक्षा विधेयक : शिक्षा उपसमितिमा परिच्छेद १४ सम्म सहमति जुट्यो
काठमाडौँ । संसद्को शिक्षा उपसमितिमा विद्यालय शिक्षा विधेयकमा परिच्छेद १४ सम्ममा सहमति जुटेको छ। आज शनिबारकाे दिन समेत छलफल गरिएको हो। शिक्षकहरूले आन्दोलन चर्काइरहेका बेला शिक्षा समिति अन्तर्गत बनेको उपसमितिले परिच्छेद १४ मा भएका दफाहरूमा सहमति जुटाएको हो।
उपसमिति सदस्य सरिता भुसालले विधेयकमाथिको छलफल फास्ट ट्र्याकमा भइरहेको बताइन् । उपसमितिले के के विषयमा सहमति जुट्यो भन्ने विषयमा भने उनले अहिले भन्न नमिल्ने बताइन्।
परिच्छेद १४ मा कसुर र सजायको व्यवस्था गरिएको छ। दफा १४२ मा कसुर तथा सजाय, १४३ मा नेपाल सरकार वादी हुने लगायतका प्रावधान राखिएका छन्।
उपसमितिले निजी विद्यालय र शिक्षकको दफा बाहेक अन्यमा सहमति जुटाउँदै आएको हो। यी दुवै विषय जटिल भएकाले अन्तिममा छलफल गर्ने भन्दै ती दफाहरू छोडिएको भुसालको भनाइ छ।
बढी विवादित तथा जटिल दफामा उपसमितिले अन्तिममा छलफल गर्ने र उच्च तहमा सहमति खोज्ने जनाएको छ। १६३ दफा रहेको विधेयकमा आजसम्म १४५ दफामा सहमति जुटाएको हो। तर, विवादित बिचका दफाहरूमा पछि छलफल गर्ने गरी छोडेको छ। उपसमितिले जति सक्दो चाँडो सक्ने गरी काम गरिरहेको उनेका भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण