७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो । मुगु जिल्लाका २ ओटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको केन्द्रले जनाएको छ ।
केन्द्रले कूल १ करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो । चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५ लाख ९४ हजार ७५ थान पाठ्यपुस्तक विक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्तक मौज्दात रहेको जनाएको छ ।
कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका तपसिल बमोजिमका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै छिटो छरितो पाठ्यपुस्तक उठाएर हरेक विद्यालयमा पुग्ने वातावरण बनाउन समेत केन्द्रले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण