मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
शनिबार, ३० चैत २०८१, २० : ५५

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा आशिष सिग्देलको मृत्य भएको हो ।
मकालु बेसक्याम्प जाने क्रममा चार हजार २०० मिटरमा सिक्देललाई लेक लागेको अनुमान गरिएको प्रनाउ बस्नेतले बताए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको उनले जानकारी दिए । दुर्गम र भौगोलिक अवस्थाका कारण सिक्देलको शव आइतबार मात्रै खाँदबारी ल्याइसक्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनका विदेशमन्त्री र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारबिच के छलफल भयो?
-
युक्रेनसँग ‘सिधा वार्ता’ गर्ने पुटिनको प्रस्ताव
-
तरुण दल चौतारा नगरपालिका अध्यक्षमा अमिर तामाङ निर्वाचित
-
मेस्सीले ८६०औँ गोल गरेको खेलमा मिनेसोटासँग हार्यो इन्टर मियामी
-
पर्यटकको पर्खाइमा म्याग्दीको तास्नाधुरी
-
आम जनता पार्टीले देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने