धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
आइतबार, ३१ चैत २०८१, १० : ३७
काठमाडौँ । ७७ मध्ये नेकपा एमालेका २ वटा जिल्ला अधिवेशन गर्न अझै बाँकी रहेको छ । पछिल्लो समय सिराहा र सप्तरीको जिल्ला अधिवेशन भएसँगै अव धनुषा र अछाम जिल्ला अधिवेशन बाँकी रहेको एमाले केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।
उनका अनुसार धनुषा जिल्लाको अधिवेशन वैशाख २० लाई तोकिएको छ भने अछाममा वैशाख १२, १३ र १४ गते निर्धारण भएको छ । ७७ मध्ये सप्तरी, सिराहा, धनुषा र अछाम गरी चारवटा जिल्ला कमिटीले म्याद गुजारेका छन् ।
सिराहा जिल्लाको अधिवेशन शनिबार सकिँदा सप्तरीको शनिबारै सुरु भएको थियो । सिराहामा अशोक यादवको नेतृत्वमा त्यहाँ १३५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन आयोग प्रमुख सुब्बाले जानकारी दिए ।
नेकपा एमालेले २०८१ को सुरुबाटै जिल्ला अधिवेशन गर्न सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण