युक्रेनको सुमी सहरमा रुसी मिसाइल आक्रमण, २१ जनाको मृत्यु
कीएभ । युक्रेनको उत्तर–पूर्वी सहर सुमीमा गरिएको रुसी मिसाइल हमलामा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ । आइतबार सर्वसाधारण चर्चमा भेला भएको बेला यो आक्रमण भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका हुन् ।
‘रुसी मिसाइल हमलामा परेर धेरैको मृत्यु भएको छ,’ सुमीका कार्यवाहक मेयर आर्टेम कोबजारले मृतकको संख्या पुष्टि गर्दै भने । मिसाइलले पामस्थित सिटी सेन्टरमा लागेको थियो ।
सो क्षेत्रको सेना प्रमुख भ्लोदोमिर आर्टियुखले सिटी सेन्टरमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको जानकारी दिए । उनले भने, ‘त्यतिबेला धेरै मानिसहरू सडकमा हिँडिरहेका थिए,’ उनले भने, ‘दुस्मनले धेरै मानिसहरूलाई मार्ने लक्ष्यले नै मिसाइल प्रहार गरेको देखिन्छ ।’
पछिल्ला केही दिनमा रुस सुमी क्षेत्रमा हवाई र मिसाइल आक्रमण तीव्र पारेको छ । रुसले आफ्नो कुर्सक क्षेत्रमा प्रवेश धेरै युक्रेनी सेनाहरुलाई पनि पछि हट्न बाध्य बनाएको छ । यसका साथै युक्रेनको सुमीका केही स्थानमा कब्जा जमाउन पनि सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण