नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पाँच रनले विजयी भएको छ ।
काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर दुई सय रन बनाएको थियो । अघिल्लो दिनको वर्षाका कारण आउट–फिल्ड सुकाउन समय लागेकाले खेल ४०–४० ओभरमा खेलाइएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको यूएई भने सात विकेट गुमाउँदै १७१ रनमा रोकियो । बाँकी ४ ओभर प्रकाश अपर्याप्त हुँदा हुन सकेन । त्यस क्रममा जितका लागि यूएईलाई २४ बलमा ३० रन आवश्यक थियो । तर खराब प्रकाशका कारण अम्पायरले युएईले ५ रनको हार बेहोरेको निर्णय गरिदिए ।
त्यसअघि, टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि नरेन भट्टले अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ६७ रनको योगदान गरे । यस क्रममा उनले ७५ बलको सामना गरी सात चौका पनि हिर्काए ।
नेपालका लागि दिलशाद अलीले पनि ४० बलमा एक छक्काको मद्दतले ३४ रन बनाए । साहिल पटेलले टोलीको खातामा ३२ रन थपे । निरजकुमार यादव १८ रन जोडे । सन्तोष यादव पनि ११ रन बनाएका थिए । यूएईका बलर उदिश सुरीले तीन तथा सालोम डिसुजा र युग शर्माले दुई–दुई विकेट हात पारे ।
यूएईका यायिन किरणले शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । ९६मा खेल्दै ८ चौका र ५ छक्का हिर्काएका उनी अविजित १ सत ४ रनमा रहे । यसअघि, प्रतियोगिताको पहिलो दिन आइतबार नै माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा अफगानिस्तानले ओमानलाई आठ विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण