पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
आइतबार, ३१ चैत २०८१, १८ : ३६
विराटनगर । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिरमा एक वर्षमा दुई लाख २१ हजार ८ सय दुई जना भक्तजन पुगेका छन् । उनीहरूबाट ३ करोड ५ लाख ५६ हजार बाह्र रुपैयाँ भेटी जम्मा भएको पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले जनाएको छ ।
मासिक विवरणअनुसार सबैभन्दा बढी भेटी वैशाखमा संकलन भएको छ । वैशाखमा ५१ हजार ८०४ जना भक्तजनबाट ६९ लाख ३२ हजार ४ सय भेटी संकलन भएको थियो । त्यस्तै, कात्तिकमा सबैभन्दा बढी ६१ हजार १७३ जना दर्शनार्थीले मन्दिर दर्शन गरेका छन् ।
पवित्र तीर्थस्थलमा चढाइएको भेटी प्रत्येक महिना सार्वजनिक गर्ने परम्परालाई निरन्तरता दिँदै आएको समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले एक वर्षको अवधिमा पाथीभरा दर्शनका लागि पुगेका भक्तजन र उनीहरूबाट प्राप्त भेटीको विवरण सार्वजनिक गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण