बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
आइतबार, ३१ चैत २०८१, १९ : ०३
काठमाडौँ । जारी आईपीएलको २८ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ । बेंगलुरुले जयपुरको सवाई मानसिंह रंगशालामा बलिङ रोजेको थियो ।
राजस्थानले ४ विकेट गुमाएर १७३ रन बनायो । बेंगलुरुले १७ दशमलव ३ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो ।
विराट कोहलीले आफ्नो टी-२० करियरको एक सय औं अर्धशतक प्रहार गरे, उनले ६२ रन बनाए । फिल साल्टले ३३ बलमा ६५ रन बनाए । देवदत्त पडिकल ४० रन बनाएर अविजित रहे । राजस्थानका यशस्वी जयस्वालले ७५ रनको इनिङ खेले ।
१८ औं आईपीएलको यो सिजनमा बेंगलुरुले ६ खेलमा चौथो जित दर्ता गरेको हो । टोलीको चारै जित आफ्नै मैदानबाहिर जितेको छ । दुवै हार घरेलु मैदानमा भोग्नुपरेको थियो । अर्कोतर्फ राजस्थानले ६ खेलमा चौथो हार बेहोर्यो । टोलीले २ खेल मात्र जित्न सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण